
५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक दर लाई बढाएको छ । यसअघि ५ प्रतिशत कायम गर्नुपर्ने बैंक दर २ प्रतिशतले बढाएर ७ प्रतिशत पुर्याएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो व्यवस्था गरिएको हो ।
मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत थप गरी ७ प्रतिशत कायम गरिएको छ । व्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4