+
+

एपेक्स कलेजको सल्लाहकारमा पर्यटन बोर्डका पूर्व सीईओ जोशी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २०:२६

काठमाडौं । एपेक्स कलेजले नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (पूर्व सीईओ) दिपकराज जोशीलाई बीबीए–टीटी कार्यक्रमको औद्योगिक सल्लाहकारमा नियुक्त गरेको छ । जोशीको विज्ञता, अनुभव र पर्यटन क्षेत्रमा गरेको योगदानका कारण कलेजको सल्लाहकारमा नियुक्त गरिएको कलेजले जनाएको छ ।

जोशीले एपेक्सका प्राध्यापक र विद्यार्थीहरुलाई सल्लाह तथा सुझावका साथै कलेजलाई वैकल्पिक पाठ्यक्रमहरु डिजाइन गर्न पनि मद्दत गर्नेछन् ।

सल्लाहकारमा नियुक्त जोशी वल्र्ड टुरिजम नेटवर्कका संस्थापक कार्यकारी सदस्य, डेस्टिनेसन कमिटिका पूर्वअध्यक्ष तथा प्यासिफिक ट्राभल एसोसियसनका कार्यकारी बोर्डका निर्देशक समेत पनि हुन् । जोशी सन् २०२१ देखि सोल्टी होटल लिमिटेडको स्वतन्त्र निर्देशक पनि हुन ।

एपेक्सको सल्लाहकारमा नियुक्त भएपछि कलेजले कर्मचारी र शिक्षक सदस्यहरुको सहभागितामा विशेष कार्यक्रम आयोजना समेत गरेको थियो ।

कार्यक्रममा कलेजका प्राचार्य दुर्गा रिजालले ट्राभल र टुरिजम केन्द्रित शैक्षिक कार्यक्रमलाई उकास्न जोशीको सुझाव उपयोगी हुने बताए ।

कलेजका स्नातक कार्यक्रमका निर्देशक नविनकुमार झाले आन्तरिक एवं बाह्य पर्यटन क्षेत्रमा विशेष दखल राख्ने जोशीको सल्लाह र सुझाब कलेजका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बीबीए—टीटी कार्यक्रमका प्रमुख अनुप श्रेष्ठले जोशीको मार्ग निर्देशनबाट सबै पक्ष लाभान्वित हुने बताए ।

उद्योग सल्लाहकार दिपकराज जोशीले कलेजसँग मिलेर नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन चाहिने व्यवस्थापकीय प्रतिभा सुनिश्चित गर्न सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?