
६ फागुन, काठाडौं । बेलायतमा तीन दशकयताकै खराब ठानिएको युनिस आँधी आएपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको छ ।
बेलायतमा युनिस नामक शक्तिशाली आँधी प्रवेश गरेपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको हो । बेलायतको मौसम विभागले लण्डन, इङल्याण्ड र वेल्सका केही स्थानमा रेड अलर्ट जारी गरेको छ ।
तीव्र गतिको आँधीले घरको छाना उडाउन सक्ने र रुख तथा बिजुलीका खम्बा ढल्न सक्ने हुँदा यसबाट मानवीय जीवन जोखिममा पर्ने देखिएपछि रेड अलर्ट जारी गरिएको हो ।
हाल दक्षिण-पश्चिमी इङल्याण्ड र दक्षिणी वेल्सका केही स्थानलाई समेटेर रेड अलर्ट जारी गरिएको बीबीसीले जनाएको छ ।
त्यस्तै, सैयौं विद्यालय बन्द गरिने भएको छ भने वेल्समा सबै रेल सेवा बन्द गरिएको समाचारमा उल्लेख छ । तीन दशकयताकै खराब आँधी आउने लागेको भन्दै सेनालाई तयारी अवस्थामासमेत राखिएको छ ।
मौसम विभागले शुक्रबार युनिस आँधीका कारण प्रतिघण्टा ९० माइलले हावा-हुरी चल्ने अनुमान गरेको छ । हावा-हुरीले विद्युत सेवा अवरुद्ध गर्ने र ठूलो अस्तव्यवस्तता निम्त्याउन सक्ने विभागको भनाइ छ ।
युनिस आँधी यो हप्ता बेलायतमा आएको दोस्रो आँधी हो । यसअघि डुड्ले आँधीका कारण स्कटल्याण्ड, उत्तरी इङल्याण्ड र आयरल्याण्डका हजारौं घरमा विद्युत सेवा अवरुद्ध भएको थियो । बीबीसीबाट
प्रतिक्रिया 4