+
+

फिलिपिन्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १२:४५

७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक प्रहार गरेका छन् ।

ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशलले करियरको पाँचौ अर्धशतक प्रहार गरेका हुन् ।

भुर्तेलले ३२ बल खेल्दै ९ चौका मद्दतमा ५२ रन प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् ।

पारसले एक शतक र चार अर्धशतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?