
७ फागुन, काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् ।
आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको साझेदारी गर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको १४५ रनको कीर्तिमान तोडेका हुन् ।
पारस र आरिफले २०१९ मा सिंगापुर विरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।
फिलिपिन्सविरुद्ध नेपालले ३६ रनमा सुरुको दुई विकेट गुमाएको थियो । त्यसपछि कुशल भुर्तेल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी साझेदारी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4