
७, फागुन दाङ । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शनिबार जंगलमा घास काट्न गएको बेला बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सामुदायिक वनमा बिहान आठ बजे घास काट्न गएको बेला बाघ आक्रण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको शव करिब १० बजे जंगलमा फेला परेको थियो ।
यसअघि २९ वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोना ५३ वर्षीया लीला विष्टको पनि बाघले आक्रमणबाट मुत्यु भएको थियो । बाँकेमा पाँच महिनायता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।
बाँकेमा बाघको आक्रमण बढेपछि नियन्त्रणमा लिन माघ महिनामा चितवनबाट प्राविधिक टोलीले समेत खटाइएको थियो । तर एक हप्तासम्म पनि बाघ फेला नपरेपछि प्राविधिक टोली फर्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4