
७ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
खानेपानीको कार्टुन र जार बोकेको मिनी ट्रकबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार ७ सय ८० रुपैयाँको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सर्लाहीको कविलासी–८ गौरमा मलंगवाबाट नवलपुर आउँदै गरेको बा ३ ख ७३३६ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा भन्सार छलेर ल्याएको समान बरामद भएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।
पानीको जार र कार्टुनले छोपेर ल्याउँदै गरेको १७ बोरा चिनी, इनर्जी ड्रिंक्स रेडबुल (निलो) ८ कार्टुन, रेडबुल (रातो) ४ कार्टुन, ललीपप ५ बोरा बरामद भएको उनले बताए ।
सशस्त्र प्रहरीलाई देख्नेवित्तिकै चालक मिनी ट्रक छोडेर फरार भएका छन् । उनको खोजी भइरहेको र बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4