
८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिसाको आधिकारिकता अनलाइनमाध्यमबाट जाँच गरिने भएको छ । आइतबार गृहसचिव टेकनारायण पाण्डेले काठमाडौं विमानस्थलमा क्यूआर कोडसहितको ‘सिस्टम जेनेरेटेड भिसा’ जारी गर्ने प्रणालीको सुरुवात गरे । अहिलेसम्म हस्तलिखित भिसा स्टिकर टाँस गरी भिसा जारी हुने गरेको थियो ।
आइतबारदेखि भने सिस्टमले नै भिसाको आधिकारिकता जाँच गर्न सकिने गरी क्यूआर कोडसहितको प्रणाली शुभारम्भ गरिएको हो । यसबाट भिसाको विश्वनीयता वृद्धि हुने र कार्यकुशल समेत बढ्ने अध्यागमन विभागका सूचना अधिकारी खेमराज उपाध्यायले बताए ।
अध्यागमले देशभरका अध्यागमन कार्यालय यस्तो सिस्टम जडानको काम अगाडि बढाएको समेत उपाध्यायले बताएका छन् । सोही क्रममा पहिलो चरणमा काठमाडौं विमानस्थलमा शुभारम्भ गरिएको हो । सो क्रममा सचिव पाण्डेले मन्जिल पुनलाई पहिलो भिसा हस्तान्तरण गरे ।
प्रतिक्रिया 4