+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चाँडै नै कोरोनाजस्तै नयाँ महामारी सुरु हुन सक्ने बिल गेट्सको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १३:४९

८ फागुन, काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा चाँडै नै कोभिड-१९ जस्तै महामारी सुरु हुनसक्ने चेतावनी दिएका छन् ।

गेट्सले चाँडै नै कोभिड जस्तै महामारी सुरु हुन सक्ने चेतावनी दिएका हुन् । ‘हामीले अर्को महामारीको सामना गर्दै छौं’, म्युनिख सुरक्षा सम्मेलनका क्रममा बोल्दै उनले भने, ‘अबको महामारी फरक हुनेछ ।’

तर, रोग प्रतिरोधी क्षमता विकास भएका कारण कोभिड-१९ ले संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउने जोखिम ‘नाटकीय रुपमा घटेको’ पनि उनले स्वीकारे । मेडिकल प्रविधिमा थप लगानी गर्ने हो भने विश्वले संभावित भावी महामारीसँग प्रभावकारी रुपमा जुध्न सक्ने पनि उनको भनाइ थियो ।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका सहअध्यक्षसमेत रहेका गेट्सले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासले भन्दा पनि फैलिँदै जाँदा भाइरसले आफ्नो इम्युनिटि आफैं सिर्जना गरेको कारण कोभिड महामारी मत्थर हुने दिशातर्फ रहेको पनि बताए । संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउने ओमिक्रोनको क्षमतासमेत घट्दै जाने उनको भनाइ थियो ।

गेट्सले यो वर्षको मध्यसम्म विश्वको ७० प्रतिशत जनसंख्यालाई खोप लगाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य हासिल गर्ने कार्यमा निकै ढिला भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले स्वास्थ्यविद् र अधिकारीलाई अर्को महामारी सुरु भएपछि तीव्र गतिमा खोप विकास गरी सबैलाई लगाउने गरी कदम चाल्नसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?