+
+

रुसी राष्ट्रपतिसँग कुरा गर्ने युक्रेनका राष्ट्रपतिको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १५:१२

८ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपतिसँग कुरा गरी जारी संकटको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको बताएका छन् ।

जेलेन्स्कीले शनिबार म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै भेटघाट गरेर पुटिनले के खोजेका छन् भनेर बुझ्न चाहेको र जारी संकटको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको बताएका हुन् । ‘रुसी सहासंघका राष्ट्रपतिले चाहेको कुरा मलाई थाहा छैन’, उनले भने, ‘यही भएर भेटघाटको प्रस्ताव गर्दैछु ।’

युक्रेनले रुससँगको जारी तनावमा कूटनीतिक बाटो मात्रै अवलम्बन गर्ने पनि जेलेन्स्कीको भनाइ थियो । ‘युक्रेनले केबल कूटनीतिक बाटो अवलम्बन गरेर शान्तिपूर्ण समाधानको पक्षमा लाग्ने छ’, उनले भने ।

रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेको पूर्वीयुक्रेनमा हिंसात्मक झडप हुन थालेपछि जेलेन्स्कीले पुटिनसँग कुरा गर्न चाहेका हुन् । उक्त क्षेत्रमा शनिबार भएको गोलाबारीमा दुईजना सरकारी सैनिक मारिएको थिए ।

शनिबार ७० पटक युद्ध विराम उल्लंघन गरेको पनि युक्रेनी सेनाको भनाइ छ । युक्रेनमा सन् २०१४ यता सरकारी सेना र रुस समर्थित पृथकतावादीबीचको लडाइँमा परी हालसम्म झण्डै १४ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

यसैबीच, रुसले युक्रेनी फौजमाथि पृथकतावादीलाई लक्षित गरी कम्तिमा दुई पटक गोलाबारी गरेको आरोप लगाएको छ । तर, युक्रेनका विदेशमन्त्री डिमित्रो कुबेलाले उक्त आरोपलाई ‘झूठ’ भन्दै अस्वीकार गरेको द एसोसियएटेड प्रेसले जनाएको छ ।

पूर्वीयुरोपमा तनाव चर्किन थालेपछि पृथकतावादी नेताहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रबाट महिला र बालबालिका गरी ७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनेको द न्यू योर्क टाइम्सले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?