+
+

बनेपामा टाटा मोटर्सको नयाँ शोरूम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:१२

काठमाडौं । टाटा मोटर्सले काभ्रेको बनेपामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फागुनदेखि नयाँ शोरूम आउटलेट विस्तार गरेको हो ।

कम्पनीका अनुसार बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छन् जसका सञ्चालक सेवक बुढाथोकी हुन् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । बनेपामा टाटा मोटर्स सिप्रदी को यो पहिलो सोरुम भएको भन्दै उनले यसले ग्राहक केन्द्रित दृष्टिकोण र ग्राहकहरुसँगको सम्बन्धलाई नजिक ल्याउन सघाउने बताए । नयाँ डिलरसिप र सम्झौताले कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले पनि बनेपाको नयाँ आउटलेटको बिक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुशी व्यक्त गरे । बनेपामा सिप्रदी ट्रेडिङका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा खुसीको अनुभूति भएको भन्दै उनले टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।

बनेपामा शाखा विस्तार भएसँगै ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धी परामर्श, खरिद तथा एक्स्चेन्ज सर्भिस जस्ता सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । उपभोक्ताहरूले नयाँ शाखाबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ छ ।

कम्पनीले यसभन्दा अघि काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिरहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पुर्‍याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?