+
+

कसरी बन्यो इन्टरनेट युगको चर्चित चिन्ह @ ? यस्तो छ इतिहास !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:१५

८ फागुन, काठमाडौ् । कहिलेकाहीँ यस्तो हुन्छ कि कतिपय खोज तथा आविष्कारहरु गलत समयमा हुन्छन् । उदाहरणका लागि टिन ओपनर, जुन टिन बन्नुभन्दा ५० वर्ष अगाडि नै बनेको थियो ।

स्मरण रहोस् पहिलो फ्याक्स मेसिन सन् १८४३ मा बनाइएको थियो । @ को आविष्कार चाहिं आजभन्दा ५ सताब्दी अगाडि नै भएको हो । तर त्यतिबेला न त @ जोडेर कसैलाई ट्याग गर्ने चलन थियो न त कसैलाई खुसी वा रिस उठाउनका लागि @ को प्रयोग हुन्थ्यो ।

हामीलाई के थाहा छ भने @ को पहिलो प्रयोग सायद इमेलसँग भयो होला । तर यसको प्रयोग सन् १५३६ मै भएको हो । तर त्यस समय यो चिन्हको प्रयोग राजा हेनरी अष्टमलाई ट्याग गर्नका लागि कसैले गर्दैनथे । सुरुवातमा @ को प्रयोग कुनै सामानको मूल्य प्रति एकाइ जनाउनका लागि गरिएको थियो ।

आखिर कसले पत्ता लगायो @ रु यस विषयमा विभिन्न कहानीहरु छन् :

छैटौँ तथा सातौँ सताब्दीमा @ चिन्ह कुनै अल्छी पादरीहरुले बनाएका थिए भन्ने मान्यता पनि छ । अन्तहीन पाण्डुलिपीहरुलाई कपी गर्नका लागि शर्टकट चिन्हको खोजी गर्ने क्रममा उनीहरुले ल्याटिन शब्दहरुको सहारा लिए । त्यसक्रममा उनीहरुले towards वा at (ad) मा a को पछाडि d को लामो पुछरजस्तो घुमाएर @ तयार गरे ।

@ को आविष्कार सम्बन्धी एक अर्को दाबी अनुसार फ्रान्सेली पत्रकारले यो चिन्हको पहिलो प्रयोग गरेका हुन् । उनीहरु बत लाई छोटकरीमा (à) लेख्दथे । समय बँचाउनका लागि त्यसलाई विस्तारै @ लेख्न थाले । त्यसबेला पत्रकारले @ लाई त्यहीँ अर्थमा प्रयोग गर्दथे जुन अद्यापि छ ।

एक अर्को कहानी अनुसार @ को पहिलो प्रयोग एक दस्तावेजमा भएको थियो जुन १५३६ मा प्रकाशित भएको हो । यो एक पत्र थियो जसलाई फ्लोरेन्टिनका एक व्यवसायी फ्रान्सेस्को लपीले लेखेका थिए ।

उनले each at भन्ने शब्दावलीको छोटकरीमा @ लेखेका थिए । जस्तै १४ कागती @ १० डलर । उनले ब र भ अक्षरलाई मिलाएर @ तयार गरेका थिए । सोह्रौँ सताब्दीमा पहिलोपटक आधिकारिक रुपमा प्रयोग भएको @को प्रयोग त्यसपछि सयौँ वर्षसम्म भएन । अन्ततः कम्प्युटर वैज्ञानिक रे टोमिल्सनले सन् १९७१ मा यसको प्रयोग सुरु गरे ।

रे टोमिल्सनलाई आर्पानेट प्रणालीमा जोडिएका कम्प्युटरमा इमेल पठाउने विधिको खोजी गर्ने जिम्मा दिइएको थियो । आर्पानेटलाई इन्टरनेटका पिता भनिन्छ । सुरुवाती इन्टरनेट जुन खासै आधुनिक किसिमको थिएन र उपयोग पनि सिमित मानिसहरुले मात्र गर्दथे ।

त्यसबेला टोमिल्सनले मानिसको नाम पछाडि @ चिन्ह लगाएर उसको कम्प्युटरको नम्बर वा नाम थपिदिए । त्यसपछि एक कम्प्युटरबाट अर्को कम्प्युटरमा मेसेज पठाउन सकियो ।

रे टोमिल्सनका अनुसार उति त्यतिबेला केवल एउटा चिन्ह खोजिरहेका थिए जसको प्रयोग कम भन्दा कम भएको होस् । केही अध्ययन पछि उनलाई @ को बारेमा थाहा भयो । र उनले त्यसलाई आफ्नो आर्पानेट सिस्टममा इमेल पठाउनका लागि उपयोग गरे ।

त्यसपछि @ इन्टरनेट जगतको सर्वाधिक प्रयोग हुने अभिन्न चिन्ह बनेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?