
९ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज १२औं चरणको एक खेल मात्र हुँदैछ ।
जसमा दुई ललितपुरे क्लब सातदोबाटो युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।
रेलिगेसन जोनमा रहेको बीबीसीका लागि ए डिभिजनमै कायम रहन आजको खेल महत्वपूर्ण छ । सातदोबाटोसँग पराजित भए ब्रिगेड एक खेल अगावै रेलिगेसनमा पर्नेछ । यसपटक अन्तिमको दुई टोली रेलिगेसनमा पर्ने व्यवस्था छ र च्यसाल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।
बीबीसी ११ खेलबाट ७ अंक जोडेर पुछारबाट दोस्रो अर्थात १३औं स्थानमा रहेको छ । जितले बीबीसीको रेलिगेसनबाट बच्ने सम्भावनालाई कायम राख्नेछ । यस्तै बराबरीले झिनो सम्भावना रहनेछ ।
सातदोबाटो ११ खेलबाट १५ अंक जोडेर सातौं स्थानमा छ । बीबीसीलाई पराजित गरेमा सातदोबाटो शीर्ष चारमा पुग्नेछ ।
यसै सिजन ए डिभिजन लिगमा डेब्यु गरेको सातदोबाटोले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
मछिन्द्र एफसीले ११औं चरणमै यस सिजनको उपाधि पक्का गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4