
९ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले एक सय दिनमा आफूले ५१ वटा कृषि सुधारको काम गरेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री यादवले यस्तो दाबी गरेका हुन् ।
कर्मचारी प्रशासनको नियमित कार्य सम्पादनबाट हुने सामान्य कार्यलाई समेत उनले आफ्नो प्रगति वितरणमा उल्लेख गरेका छन् । नेपालबाट नियमित रुपमा हुने छुर्पी निर्यातदेखि उखु, धान, गहुँ लगायतका कृषि उपजको सर्मथन मूल्य तोक्ने कामलाई समेत मन्त्री यादवले आफ्नो प्रगति विवरण मानेका छन् ।
‘नीतिगत तथा कानुनी सुधारसहित कृषि उपजको समर्थन मूल्य निर्धारण, किसानलाई राहत उपलब्ध गराउन सहजीकरणदेखि रासायनिक मल आयातका लागि आफूले पहल गरेको दाबी मन्त्री यादवले गरेका छन् ।
नीतिगततर्फ १०, बालीको मूल्य निर्धारणतर्फ ८, कृषकलाई राहत दिन ४, रासायनिक मल उपलब्धतातर्फ ६ वटा काम गरेको मन्त्री यादवको दाबी छ । यस्तै गुणस्तर नियमनतर्फ ६, नयाँ जोन र पकेट स्थापनामा २, प्रविधितर्फ ७, नश्ल सुधारमा ३, खोप उत्पादन र बीमातर्फ एक/एक र कृषि बाली निर्याततर्फ २ वटा काम गरेको मन्त्री यादवको दाबी छ ।
हेर्नुहोस् प्रगति विवरण :
प्रतिक्रिया 4