
१० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज १औं चरणका अन्तिम दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ ११ खेलबाट १४ अंकसहित आठौं स्थानमा छ । पुलिसलाई पराजित गरेमा एपीएफले अंक तालिकामा एक स्थान सुधार गर्नेछ ।
यस्तै पुलिस ११ खेलबाट ११ अंकसहित ११औं स्थानमा छ । एपीएफलाई पराजित गर्न सके पुलिस एपीएफलाई पछि पार्दै आठौं स्थानमा उक्लनेछ ।
यस्तै अपरान्ह ४:४५ बजे दशरथ रंगशालामै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र संङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस सिजन अपराजित रहेको आर्मी ११ खेलबाट १९ अंकसहित चौथो स्थानमा छ । आर्मीले जित हात पारे दोस्रो स्थानमा उक्लनेछ ।
उता सिजनको सुरुवात उत्कृष्ट गरेको संकटा पछिल्लो खेलहरुमा लय कायम राख्न नसक्दा ११ खेलबाट १५ अंकसहित सातौं स्थानमा छ । आज आर्मीलाई हराउन सके संकटाले शीर्ष पाँचमा स्थान बनाउनेछ ।
यस सिजनको उपाधि जित्ने टोली र रेलिगेसन पर्ने दुई टोलीको टुङ्गो लागिसकेकाले अब बाँकी खेल शीर्ष तीनमा पर्न र सकेसम्म माथिल्लो स्थानमा लिग सकाउनका लागि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4