
१० फागुन, काठमाडौं । अभिनेत्री खुश्बु खड्काले चलचित्र ‘सुकुलगुण्डा’बाट नेपाली चलचित्रमा पाइला राखिन् । यसपछि उनले अरु चलचित्रमा पनि काम गरिन्, तर सोचेजस्तो सफलता हात लागेन ।
चलचित्रमा निरन्तर असफल भएपछि खुश्बुको करिअर नै संकटमा परेजस्तो भयो । उनलाई चलचित्रको अफर पनि आएन ।
यसपछि आफ्नो व्यवसायमा नै सक्रिय रहेकी यी अभिनेत्रीले एक म्युजिक भिडियोबाट कमब्याक गर्न खोजिन् । अभिनेता आकाश श्रेष्ठको साथमा भिडियो खेल्दा आफूलाई फाइदा हुने उनको अपेक्षा थियो ।
तर खुश्बुले खोजेजस्तो भएन । दर्शकले उनको र आकाशको जोडीलाई खासै वास्ता गरेको पाइएन । नौ दिनको अवधिमा १ लाख १८ हजार मात्र युट्युब भ्युज बटुलेको रामकृष्ण ढकालको स्वरमा समावेश ‘तिमीले बोल्ने बानी’ गीतको भिडियोमा आकाश र खुश्बुको जोडीलाई दर्शकले खासै रुचाएनन् ।
जसकारण खुश्बुको म्युजिक भिडियोबाट भएपनि रंगीन दुनियाँमा कमब्याक गर्ने चाहनालाई अधुरै छाडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4