+
+

सर्वाधिक माइलेज दिने कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १३:४४

काठमाडौं । नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले सर्वाधिक माइलेज दिने पारिवारिक कार ‘सुजुकी सेलेरिओ’ सार्वजनिक गरेको छ ।

सबैभन्दा धेरै इन्धन प्रभावकारी एवं सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कस्ट’का कारण र पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिको भारबाट सेवाग्राहीले केही राहत पाउने विश्वास कम्पनीले लिएको छ ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू रहेको कम्पनीको भनाइ छ ।

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले सेलेरियो गाडी नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी भएको बताए । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेकोले ग्राहकलाई थप आकर्षित र उत्त्साहित बनाउने उनको भनाइ छ ।

स्टाइलिस डिजाइन

अल–न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्ने कम्पनकी भनाइ छ । स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ। एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिने कम्पनीको भनाइ छ । ३८.०२ सेन्टिमिटर अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थपेको कम्पनीले बताएको छ ।

ऊर्जावान र फराकिलो केबिन

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार उज्यालो क्रोम एक्सेन्टसहितको ट्वीन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

पावर र माइलेजको उत्तम समिश्रण

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटी युक्त के सेरिज इन्जिन प्रयोग गरेको छ।  जसले नेपालमै सर्वाधिक २६.६८ केएमपीएल माइलेज दिनसक्ने छ । सेगमेन्टमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले कार्बनडाइअक्साइड इमिसनलाई १९ प्रतिशतसम्म घटाउने छ । अत्यधुनिक प्रविधिबाट सञ्चालित, नयाँ सेलेरियोले ८९एनएमएट३५००आरपीएमको टर्क र ६७पीएसएट५५००आरपीएमको पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्यधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ।

सुरक्षित ड्राइभिङ

सुजुकीको एडभान्स हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हर्टेक्ट प्लेटफर्मले कारको क्र्यास, रिगिटी र समग्र बललाई सुधार गर्छ । उच्च तन्य स्टिलको व्यापक प्रयोग र १२ प्लस सुरक्षा सुविधाहरूले सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ।

आरामदायी ड्राइभिङ

रमाइलो र आरामदायी ड्राइभिङ अनुभवको लागि १७.७८सीएम स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गरिएको छ । यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुसस्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन् । माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट र उचाइ–समायोजन ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आरामदायी हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?