+
+

एनसेलले ल्यायो गज्जबको डेली जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १७:१९

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको अफर पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० रुपैयाँदेखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको हो ।

गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास व्याक योजना सोमबारदेखि लागू भएको कम्पनीले जनाएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।

७ दिनसम्म मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र १ सय ६९ रुपैयाँमा प्रयोग गर्न सक्छन् । यो प्याक प्रयोग गर्ने ग्राहकले २० रुपैयाँ क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले करसहित मात्र २ सय ६९ रुपैयाँमा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक प्रयोग गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।

त्यस्तैगरी धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित मात्र ५ सय ९९ रुपैयाँमा सुरुवात गर्न सक्छन् । यो प्याक सुरुवात गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन् ।

यस गज्जबको डेली जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुरुवात गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ ।

गज्जबको डेली जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?