
१० फागुन, काठमाडौं । नेपाल पुलिस क्लब लामा टेण्डी शेर्पा स्मृति खुला बास्केटबलको महिलातर्फ फाइनल प्रवेश गरेको छ ।
मंगलबार रुपन्देही बास्केटबल एसोसिएसनलाई ५०-३३ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो ।
पुलिसले अब उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्नेछ । रोयल लिग चरणको चारवटै खेल जित्दै फाइनल पुगिसकेको छ । लिग चरणमा पुलिस रोयलसँग एक अंकले पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा पुलिसका लागि अनुशा मल्लले १५ अंक जोडिन् । रुपन्देहीका लागि दिपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि जितका लागि पर्याप्त भएन ।
पुलिसले पहिलो क्वार्टर १७-९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुनरागमन गर्दै रुपन्देहीले ७-६ ले आफ्नो पक्षमा पार्यो । तेस्रो क्वार्टर १५-८ र चौथो क्वार्टर १२-८ ले आफ्नो पक्षमा पार्दै पुलिसले सहजै खेल जितेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4