+
+

ललितपुर मेयर महिला क्रिकेट : एपीएफको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १२:२७

११ फागुन, कठामाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स टी-२० च्याम्पियनसिपमा दोस्रो जित हात पारेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश टोलीलाई ६ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि रोमा थापाले अविजित रहँदै सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बल खेल्दै ३ चौका प्रहार गरिन् । रोमा र ममता चौधरीले पाँचौ विकेटका लागि अविजित ४३ रनको साझेदारी गर्दै एपीएफको जित निश्चित गरेका थिए । ममता चौधरी १४ रनमा अविजित रहिन् ।

ओपनर ज्योती पाण्डे ११, कप्तान सीता राना मगर ४, इन्दु बर्मा १० र रसरिता मगर ९ रन बनाएर आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर ८९ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा १८ रन नै अतिरिक्तबाट प्राप्त गरेको थियो ।

तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्दा ओपनर विन्दु रावल र डली भट्टले समान ११ रन बनाए । बाँकी ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफकी सोनु खड्काले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । यस्तै करुणा भण्डारी र सीता मगरले दुई/दुई तथा राजमती ऐरीले एक विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?