+
+

आईसीसी टी-२० वरियतामा सन्दीप र कुशलको छलाङ

आईसीसी टी-२० क्रिकेटमा कुशल भुर्तेल  र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १४:५४

११ फागुन, काठमाडौं । आईसीसी टी-२० क्रिकेटमा कुशल भुर्तेल  र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् ।

नेपालका फास्ट बलर अविनाश बोहराले भने पहिलो पटक शीर्ष सयमा स्थान बनाएका हुन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको खेलाडी वरियता सूचीमा कुशल भुर्तेल ब्याटिङ तर्फको वरियतामा २६ स्थान सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका छन् ।

नेपालका अर्का ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले पनि दुई स्थान सुधार गर्दै ५० औं स्थानमा उक्लिएका हुन् ।

त्यस्तै नेपालका कप्तान सन्दीप लामिछाने भने बलिङ तर्फबाट एकैपटक २० स्थान सुधार गर्दै ४३ औं स्थानमा उक्लिएका हुन् ।

यस नेपालका फास्ट बलर अविनाश बोहरा भने बलिङतर्फ ८६ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?