+
+

पार्टीले गर्ने निर्णयमा एक ढिक्का छौं : जीवनराम श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १५:२०

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताएका छन् । पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने बताए ।

‘हाम्रो पार्टी एक ढिक्का छ । हाम्रो पार्टीले जे निर्णय गर्छ । त्यही अनुसार माननीयज्यूहरुले सहभागी हुनुहुनेछ’, श्रेष्ठले भने । श्रेष्ठले एमसीसी राष्ट्रिय चासोका विषय भएकाले सांसदहरुले राम्रो बातावरणमा बोल्न पाउने बातावरण बनाउनुपर्ने बताए ।

‘अवरोधका बीचमा राष्ट्रिय महत्वको विषयमा माननीयज्यूहरुले कुरा राख्न उपयुक्त हुँदैन’ श्रेष्ठले भने, ‘राम्रो बातावरणमा बोल्न पाउनुपर्छ ।’ त्यसका लागि संसदको अवरोध हट्नुपर्ने श्रेष्ठले बताए ।

प्रधानमन्त्री, सभामुख र शीर्ष नेताहरुले संसद सञ्चालनको बातावरण बनाउनुपर्ने पनि श्रेष्ठले बताए । सडकमा समेत प्रदर्शन भइरहेकाले एमसीसीबारे गहन छलफलको अवसर आवश्यक रहेको उनले बताए ।

‘जनताको भावनाको कदर नगरी जबर्जस्ती बढाउँदा मुलुक विभाजित गर्ने र त्यसले नकारात्मक सन्देश जाने हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?