
१२ फागुन, काठमाडौं । साफ यू-१८ च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले अभ्यास सुरु गरेको छ । भारतको जाम्सेदपुरस्थित मार्च १५ देखि २५ (चैत्र १ देखि ११ गते) सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बन्द प्रशिक्षणका लागि सुरुमा ४० खेलाडीलाई बोलाएका छन् । टोलीमा राष्ट्रिय टिमबाट डेब्यु गरेसकेकी प्रिती राई समेत छिन् । गत सोमबारदेखि सातदोबाटोस्थित एन्फा कम्लेक्समा प्रशिक्षण सुरु गरिसकेको छ ।
टोलीका लागि भगवती थापा सहायक प्रशिक्षकको रुपमा नियुक्त भएकी छन् । त्यस्तै टोलीका लागि श्री प्रकाश वैद्य गोलरक्षक प्रशिक्षकको भूमिकामा छन् ।
च्याम्पियनसिपमा नेपालसँगै भारत र बंगलादेश गरी जम्मा तीन टिमले मात्र सहभागिता जनाउने छन् । सहभागी टोलीबीच डबल राउण्ड रोविनको आधारमा खेल हुनेछ र धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।
नेपालले आफ्नो पहिलो खेल मार्च १५ मा भारतसँग खेल्नेछ । यस्तै मार्च १७ मा बंगलादेशसँग खेल्नेछ । त्यसपछि मार्च २१ मा फेरि भारत र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
नेपाली खेलाडीहरू
सावित्री किसान(गोलरक्षक), लिला जोशी( गोलरक्षक), पुजा थापा (गोलरक्षक), सानीमाया स्याङ्तान (गोलरक्षक), रञ्जीता चौधरी ( गोलरक्षक), दिपिका कथारिया (गोलरक्षक), सम्झना चौधरी (गोलरक्षक), सबिना चौधरी, मञ्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, गंगा कुमारी चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, गोमा रोकाया, सिमा रावल, बाल्पना स्नेही, प्रेना डोल्मा लामा, दिव्या यसमाली मगर, मसाङ हिङडुङ, दिपा शाही, प्रतिक्षा राई, अनु राई, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, सुस्मा जिटी, सुनकला राई, अञ्जली मचामसी, तुलसा बोहोरा, सारा बज्रचाय, मनिसा सेन, जेनिफर राना, सरिस्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, ममता पुन, मनमाया परियार, गरिमा राई, समिक्षा राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4