+
+

ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश १ को पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १७:४८

फागुन १२, काठमाडौं । प्रदेश १ ले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कप्तान रुबिना क्षेत्रीले अविजित ४८ रन बनाएपछि प्रदेश‍ १ ले प्रतियोगिताको पाँचौ खेलमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ४९ बल खेल्दै ७ छक्का मद्दतमा ४८ रन बनाएपछि ८० रनको लक्ष्य १५.४ ओभरमा पूरा गरेको हो ।

प्रदेश १ पहिलो खेलमा विभागीय टोली एपीएफसँग पराजित भएको थियो । प्रदेश १ का लागि ओपनर ब्याटर काजल श्रेष्ठले २० रन बनाइन् भने अप्सरी बेगमले अविजित ९ रन बनाइन् । लुम्बिनीका लागि कृतिका मरासिनीले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन जोडेको थियो ।

लुम्बिनीका लागि भने नेरी थापाले ३० बल खेल्दै ४ चौका मद्दतमा सर्वाधिक ३१ रन बनाइन् । यस्तै ओपनर विकेटकिपर लक्ष्मी चौधरीले २३ रन योगदान गरिन् । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई कम स्कोरमा रोक्न प्रदेश १ की सबनम राईले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ३ विकेट लिइन् । यस्तै कप्तान रुबिना र हेर्मायी रोएले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?