+
+

कर्णालीका मुख्यमन्त्रीको सामाजिक सल्लाहकारमा डा.नरेश ढकाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १८:१२

१२ फागुन, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

सुर्खेत गुर्भाकोट नगरपालिका–२ का ढकाललाई बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सामाजिक सल्लाहकारमा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जनारी दिए ।

उनका अनुसार सल्लाहकारमा नियुक्त ढकालले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने छन् । लामो समय शिक्षा क्षेत्रमा क्रियाशील रहेका ढकालसंग विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ ।

भारतबाट शिक्षा विषयमा विद्यावारिधी गरेका ढकाल पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

भारतको श्री सत्यशाही यूनिभर्सिर्टी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट शिक्षामा विद्यावारिधी गरेका ढकालले अंग्रेजी र नेपालीबाट मास्टर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?