+
+

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गर्नुपर्छः उपमहासचिव ज्ञवाली

रुसी आक्रमण तत्काल बन्द गर्नुपर्ने माग गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते ११:०४

१२ फागुन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेका हुन् । ‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया रिपोर्टबाट दुःखी छु,’ उनले लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ ।’

रुसी आक्रमण तत्काल बन्द गर्नुपर्ने माग गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?