+
+

यी हुन् युक्रेनमा खिचिएका भारतीय चलचित्र

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १२:१३

१३ फागुन, काठमाडौं । युक्रेन र रुसबीच बढ्दो तनावले पूरै विश्वलाई चिन्तित बनाएको छ । बिहीबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनको जनजीवन आक्रान्त बनेको छ ।

युद्ध रुस र युक्रेन दुई देशबीचको भएपनि यसको असर पूरै विश्वमा पर्नेछ । यसले विश्वभरकै अर्थव्यवस्था, स्टक मार्केटका साथै चलचित्र उद्योगमा समेत गहिरो असर पार्न सक्नेछ ।

युक्रेन चलचित्र छायांकनका लागि पनि आकर्षण गन्तव्य मानिन्छ । युक्रेनका आकर्षण लोकसेनमा केही भारतीय चलचित्रको पनि छायांकन भइसकेको छ ।

आरआरआर

एसएस राजमौलीको निर्देशनमा बनेको साउथ चलचित्र ‘आरआरआर’ यतिबेला चर्चामा छ । मुख्य रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, कन्नड, मलयालम र हिन्दी भाषामा पनि रिलिज हुन गइरहेको छ । ‘आरआरआर’को केही हिस्सा युक्रेनमा छायांकन गरिएको छ । चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण र आलिया भट्टको मुख्य भूमिका रहेको छ । यो चलचित्र आगामी मार्च २५ मा सिनेमा हलमा रिलिज हुँदैछ ।

टाइगर ३

बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र ‘टाइगर ३’को पनि केही हिस्सा युक्रेनमा खिचिएको छ । चलचित्रमा सलमानका साथमा कट्रिना कैफको पनि मुख्य भूमिका छ ।

२.०

साउथ सुपरस्टार रजनीकान्त, एमी ज्याक्सन र बलिउड स्टार अक्षयकुमार अभिनित चलचित्र ‘२.०’को एक गीतको छायांकन युक्रेनमा छायांकन गरिएको हो ।

विनर

तेलुगू चलचित्र ‘विनर’मा साई धर्म तेज र रकुल प्रीत सिंहले अभिनय गरेका छन् । गोपीचन्द मालिनेनीद्वारा निर्देशित यो चलचित्रका केही दृश्य युक्रेनमा छायांकन गरिएको छ ।

९९ सङ्स

म्युजिकल रोमान्टिक चलचित्र ‘९९ सङ्स’लाई भारतीय संगीतकार एआर रहमानले निर्माण गरेका हुन् । यो चलचित्रको एक गीतको छायांकन युक्रेनमा गरिएको छ । गीतको भिडियोमा मनिषा कोइरालालाई समेत देख्न सकिन्छ । यो चलचित्र सन् २०१९ मा प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?