+
+
ललितपुर मेयर महिला क्रिकेट :

लगातार तीन खेल जित्दै एपीएफ फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १२:५७

१३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला क्रिकेटमा लगातार तीन खेल जित्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

कीर्तिपुर मैदानमा शुक्रबार भएको पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको हो । एपीएफले यसअघि प्रदेश १ र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।

एपीएफले लिग चरणको अन्तिम खेल आइतबार लुम्बिनी प्रदेशसंग खेल्नेछ । लगातार तीन हारपछि ललितपुर भने फाइनल होडबाट बाहिरिएको छ ।

ओपनर ज्योति पाण्डेले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेपछि ललितपुर मेयर ११ ले दिएको ८० रनको लक्ष्य एपीएफले १३ ओभर खेल्दै ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

एपीएफका लागि ‍ओपनर ज्योति पाण्डेले ४५ बल खेल्दै ११ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाइन् । रोमा थापा ११ रनमा अविजित रहिन् । कप्तान सीता राना मगर १, ममता चौधरी ५ र सरिता मगर ८ रन बनाएर आउट भइन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुर मेयर ११ले ५ विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो ।

ललितपुरका लागि सुमन खतिवडाले ३५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाइन् । उनलाई एपीएफकी सुमन विष्टले कट एण्ड बोल्ड गरिन् । आरती विडारीले अविजित २१ रन जोडिन् । कप्तान सरस्वती कुमारी ९ रनमा अविजित रहिन् ।

ललितपुर मेयर ११ का सुरुवाती तीन ब्याटर हेलिशा गुरुङ, कन्चन श्रेष्ठ र अनुराधा चौधरी रनआउट भए ।

बलिङमा एपीएफका लागि सुमन विष्ट र करुणा भण्डारीले १-१ विकेट लिए । दुवैले ४ ओभरमा समान १७ रन खर्चेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?