+
+

जहाजमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न गृहले गठन गर्‍यो छानबिन समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १४:१३

१३ फागुन, काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानमा पासपोर्ट, भिसाबिनै एक व्‍यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्‍यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठान गरेको हो ।

मन्त्रालयले विमानस्थलको सुरक्षा व्‍यवस्था, विभिन्‍न निकायको कार्यविभाजन, कमजोरी र सुरक्षाका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको छ ।

यसअघि नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको थियो ।

विमानस्थलको फलामे तालबार (फेन्सिङ कम्पाउन्ड) नाघेर दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा रौतहटका असरफ आलम चढेका थिए । पार्किङमै रहेको जहाजमा असान्दर्भिक व्यक्ति चढ्नु निकै संवेदनशिल मानिन्छ ।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?