+
+

दोना थापाले अन्तिम सममया गोल गरेपछि थ्रीस्टार हारबाट जोगियो

थ्रीस्टार ए डिभिजन लिगमा छैटौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १६:१५

१३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लबसँग १-१ को बराबरी खेल्दै छैटौं स्थानमा रहेर लिग सकाएको छ ।

दोना थापाले इन्जुरी टाइममा गोल गरेपछि थ्रीस्टार ब्रिगेडसँग हारबाट जोगिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ५६औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइममा गोल खाँदा ब्रिगेड जितबाट बन्चित रह्यो ।

बराबरीपछि थ्रीस्टारले १३ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा लिग सकाएको छ । रेलिगेसनमा परिसकेको ब्रिगेडले १३ खेलबाट ८ अंक जोड्दै १३औं स्थानमा लिग सकाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?