+
+

ओली आएपछि त सिध्याइदिन्छन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १२:११

१४ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सिध्याउन खोजेको तर आफूहरुले बचाएको बताएका छन् ।

एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको र विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउने भनेर ओलीले तयारी गरेको भन्दै आफूहरुको विरोधका कारण त्यो रोकिएको उनले बताए ।

पार्टी निकट प्रगतिशिल प्राध्यापक संगठनको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई । …केपी आएपछि त सिध्याइदिन्छन् ।’

एमसीसीको सवालमा यथास्थितिमा पास गर्न नसक्ने आफूहरुको स्पष्ट धारणा रहेको उनले बताए । ‘एमसीसीको सन्दर्भमा हाम्रो कुरा के हो भने त्यो विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्दछ । यो अनुदान रकमको रुपमा हुनुपर्दछ, वैदेशिक लगानीको रुपमा होइन,’ उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले अगाडि भने, ‘त्यसमा आईपीएसको हिस्सा बनाउने कुनै कुरा स्वीकार्य हुँदैन । नेपाल कुनै पनि ब्लकमा, सैनिक रणनीतिमा वा सुरक्षा रणनीतिको अंग हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?