
१४ फागुन, सुर्खेत । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । गत सोमवार सुरू भएको नवौं जिल्ला अधिवेशनले सोमबार बेलुका नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहरा र विमला शाही निर्वाचित भएको निवर्तमान अध्यक्ष दल रावलले जानकारी दिए ।
उनका अनुसार जिल्ला अध्यक्षका लागि तीन जना आकांक्षी भएपनि अन्तत एमाले प्रदेश कमिटी सदस्य समेत रहेका हमाल अध्यक्षमा चुनिएका हुन् ।
पार्टी केन्द्रको निर्देशन र जिल्लाका सबै प्रतिनिधिको आग्रह अनुसार तीन दिन लगाएर सहमतिका आधारमा नेतृत्व छनोट गरेको निवर्तमान अध्यक्ष रावलले बताए । ‘जिल्लाका नेता तथा कार्यकर्ताको आग्रह अनुसार नै सर्वसम्मत नयाँ नेतृत्व चयन गरेका छौ’ उनले भने ।
अधिवेशनले १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । विधानतः ९० सदस्यीय जिल्ला कमिटी घोषणा गर्नुपर्नेमा अन्य पार्टीबाट समायोजन भएकाहरुलाई पनि समेट्दा १२१ सदस्यीय भएको नेताहरुको भनाइ छ ।
प्रतिक्रिया 4