+
+

मनाङसँग बराबरी खेल्दै आर्मी बन्यो लिगमा दाेस्राे

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १५:५२

१४ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा रहेर शहीद स्मारक ‘ए’ डिभिजन लिग टुंग्याएको छ ।

लिग अन्तर्गत शनिबार भएकाे आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान सुरक्षित गरेको हो ।

लिगमा कुनै खेल नहारेको आर्मीले आठ खेल बराबरी खेल्दै कुल २३ अंक जोड्यो । एनआरटी समान अंक भएपनि आर्मी हेड टु हेडमा अघि रहेकाे हाे ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले धेरै खेल बराबरी खेल्दा पनि दाेस्राे स्थानमा पुग्दा खुशी व्यक्त गरे । उनल खेलाडीको चोटका कारण एकरुपकाे प्रदर्शन गर्न नसकेकाे र अरु टिमकाे नतिजा बिग्रँदा पनि आफ्नाे टिमलाई फाइदा भएकाे बताए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गाेलले पछि परेकाे अवस्थामा बराबरी गाेल फर्काएकाे हाे । खेलको ४५ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले खेल बराबरी गरेकाे हाे ।

सन्तोष तामाङको फ्रिकिक मनाङका गोलकिपर अशोक बरालले रोकेपछि फ्रान्कलिनलाई लागेर गोल भएको थियो ।

एक गाेलकाे अग्रता जाेगाउन नसक्दा मनाङ भने १३ खेलबाट २१ अंक जाेडेर पाँचाै स्थानमा रह्याे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?