+
+

टी–२० लिग सञ्चालनको जिम्मा भारतीय कम्पनीलाई नै दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १८:००

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्रीलाई नै दिने निर्णय गरेको छ ।

शनिबार कैलालीको धनगढीमा भएको क्यानको साधारण सभाले टी–२० लिग सञ्चालन गर्न यसअघि सेभेन थ्री स्पोर्टस्सँग गरिएको सम्झौतामा संशोधन गर्दै लिग सञ्चालन गर्ने बोर्ड बैठकको निर्णय अनुमोदन गरेको हो ।

क्यानले गत वर्ष १० वर्षसम्म नेपाल टी–२० लिग गर्न भारतको सेभेन थ्री स्पोर्टससँग ४२ करोड रुपैयाँको प्रारम्भिक सम्झौता गरेको थियो ।

तर उक्त सम्झौता विवादमा परेपछि गत असोज २० र २१ बसेको क्यान कार्यसमितिको बैठकले उक्त सम्झौता रद्द गरेको थियो ।  तर अहिले सो सम्झौता संशोधन गरेर पुन सेभेन थ्री स्पोर्टस्लाई नै लिग सञ्चालन गर्न दिने निर्णय भएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?