
१५ फागुन, काठमाडौं । एसियन युथ एण्ड जुनियर बक्सिङ प्रतियोगितामा नेपालबाट तीनजना खेलाडीको सहभागिता हुने भएको छ ।
सोमबार जोर्डनको अम्मानमा सुरु हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शुभकामना दिँदै विदाइ गरे ।
प्रतियोगितामा महिलातर्फ ५२ केजी तौलसमूहमा स्वस्तिका तिरुवा र पुरुषतर्फ ५४ केजीमुनि तौल समूहमा छिरिङ वाङ्दी शेर्पा र ६० केजीमुनि तौलसमूहमा इन्द्र सुनारको सहभागिता रहनेछ । अफिसियलका रुपमा प्रशिक्षक दीपक महर्जन हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4