+
+
Shares

एमसीसीको पक्षमा मत दिने एकीकृत समाजवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १६:१८

१५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासँगै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणा एमसीसीको अंग बन्नुपर्ने बताएको छ ।

‘यथास्थितिमा एमसीसी पारित नगर्ने पूर्ववत अडानमा हामी दृढ छौं,’ उपमहासचिव गंगालाल तुलाधरले भने, ‘हामीले प्रसतुत गरेका सरोकारका विषयहरु व्याख्यात्मक घोषणामार्फत ठोस रुपमा सम्बोधन गर्ने र त्यो एमसीसीको अंग बन्ने शर्तमा मात्र पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’

संसदले गर्ने व्याख्यात्मक घोषणालाई अमेरिकाले अस्वीकार गरे मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) खारेज गर्नुपर्ने एकीकृत समाजवादीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?