+
+
आईसीसी क्रिकेट वर्ल्डकप लिग टू :

नेपालको प्रारम्भिक टोलीको घोषणा, शरद र जितेन्द्र अटाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते २०:०७

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत अर्को महिना हुने युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक सिरिजका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको टोलीमा भेट्रान ब्याट्सम्यान शरद भेषावकरका साथै जितेन्द्र मुखिया, कुशल मल्ल र लोकेश बम भने अटाएनन् । भेषावकरले चोटका कारण टी–२० ग्लोबल क्वालिफायरका केही खेल गुमाएका थिए भने कुलश, लोकेश र जितेन्द्रले टोलीमै थिए ।

यस्तै टी–२० ग्लोबल क्वालिफायर खेलेका सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव र सागर ढकाललाई टोलीमा निरन्तरता दिइएको छ ।

चोटकै कारण विश्वकप छनोट गुमाएका करण केसी पनि नेपालको प्रारम्भिक टोलीमा परेका छन् । आगामी मार्च १५ देखि २२ सम्म युएईमा हुने सिरिजको पहिलो खेल नेपालले पीएनजीविरुद्ध मार्च १६ मा शारजहामा खेल्नेछ ।

सोमपाल कामी, विनोद भण्डारी, रोहितकुमार पौडेल, अनिलकुमार साह, विक्रम शोव, पवन सरार्फ, सुशन भारी, राजु रिजाल र भीम सार्की टिममा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?