+
+
Shares

नारायणकाजीलाई प्रचण्डको प्रस्ताव : एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १९:११

१७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता नारायाणकाजी श्रेष्ठसँग मिलेरै अघि बढ्न प्रस्ताव गरेका छन् ।

जवाफमा श्रेष्ठले पनि आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका छन् । मंगलबार नेता श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा आफहरुबीचको मतभिन्नतालाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरेका थिए ।

‘यो विषयमा मतभेद कायम राखौं अरु कुरामा मिलेर जाऔं, पार्टी एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो,’ भेटमा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग भनेका थिए । सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीमा श्रेष्ठले गरेको विरोधमा असन्तुष्टि जनाएका थिए ।

‘हामी छुट्टिने निष्कर्षमा पुगेका थिएनौ, उहाँहरुले त्यो भनेपछि सोच्नुपर्यो नि,’ प्रचण्डसँगको भेटबारे श्रेष्ठले अनलाइनखबरलाई भने, ‘यद्यपि अहिले पार्टी रुपान्तरण हुन्छ कि हुन्न भन्ने कुरा उठेकै छ, राष्ट्रियतामा पनि पार्टी पुरानो अडान मा टिकेन पार्टीभित्र कार्यकर्ताताई समान ब्यवहार पनि भएको छैन भने त के गर्ने भन्ने कुरा उठेको छ ।’

श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डले आफ्नो पुरानो उक्त अभिव्यक्ति सच्याउने बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?