
१८ फागुन, दाङ । दाङको लमही–कुईरेपानी सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय दाङले सूचना जारी गर्दै सो सडकखण्ड मर्मत गर्नुपर्ने भएकाले फागुन २२ गते देखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।
कार्यालयका अनुसार बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिने भएको छ ।
आठ दिनसम्म दैनिक सवारी आवागमन पूर्ण रुपमा बन्द गरी सडक मर्मत गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4