+
+

भिजिट भिसासम्बन्धी कार्यदलको प्रतिवेदन गृहमन्त्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १९:१२

१८ फागुन, काठमाडौं । भिजिट भिसाका कारण सिर्जित समस्या समाधानको उपाय सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक फणिन्द्रमणि पोखरेलले मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

११ माघमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने को आधार के हो ? कसरी छुट्टयाउने भन्ने बारेमा पनि सिफारिस गरेको छ । त्यस विषयमा वस्तुगत आधार तयार गर्न समितिले सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्तासमेत रहेका कार्यदलका संयोजक पोखरेलले बताए ।

यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउने उनले बताए । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र सम्वद्ध निकायका प्रतिनिधिहरू सम्मिलित समिति बनाउने उनले जानकारी दिए ।

प्रतिवेदनमा भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागु गर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटो बनाउने, भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति/संस्थाहरूलाई कानुनी दायरामा ल्याई जिम्मेवार बनाउन सुझाव दिइएको छ ।

कार्यदलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, अध्यागमन विभागका उपसचिव प्रकाशचन्द्र अधिकारी, र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका उपसचिव दीनबन्धु सुवेदी सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?