+
+

लिभरपुल र चेल्सी एफए कपको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते ९:५८

१९ फागुन, काठमाडौं । प्रिमियर लिगका लिभरपुल र चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ताकुमी मिनामिनोको दुई गोल मद्दतमा लिभरपुलले बुधबार राति भएको खेलमा नर्विच सिटीलाई २-१ ले हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई हराएर आइतबार लिग कपको उपाधि जितेको टिममा १० परिवर्तन गरेको थियो ।

लिभरपुलका लागि मिनामिनोले खेलको २७औं र ३९औं मिनेटमा गोल गरे । नर्विचका लागि ७६औं मिनेटमा लुकास पिटर रुपले एक गोल फर्काए ।

चेल्सीले दुई पटक पछि परेको स्थिति उल्टाउँदै च्याम्पियनसिप क्लब लुटन टाउनलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । चेल्सीका लागि रोमेलु लुकाकुले ७८औं मिनेटमा विजयी गोल गरे ।

त्यसअघि खेलको दोस्रो मिनेटमै रिस बर्कले गोल गर्दै लुटनलाई अग्रता दिलाएका थिए । तर २६औं मिनेटमा सउल निगेजले चेल्सीका लागि बराबरी गोल फर्काए । ४०औं मिनेटमा ह्यारी कोर्निकले गोल गरेपछि लुटनले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो । तर दोस्रो हाफमा त्यो कायम राख्न सकेन ।

चेल्सीका टिमो वेर्नरले ६८औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसको दश मिनेटपछि लुकाकुले निर्णायक गोल गरे ।

यस्तै वेष्टह्यामलाई ३-१ ले पराजित गर्दै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?