
१९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका संस्थापक प्रमुख डा. मधुसुदन कार्कीको स्मृतिमा पुस्तिका तथा सीडीएलआईएस ई-बुलेटिन’ सार्वजनिक गरिएको छ ।
बुधबार पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग त्रिवि कीर्तिपुरमा एक कार्यक्रम आयोजना गरी स्मृति पुस्तिका सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विभागमा अध्ययनरत अम्बिका पाण्डे र सञ्जीव सिंहले ई-बुलेटिनको बारेमा प्रकाश पारेका थिए भने लीला न्याइच्याइँले कृति प्रकाशनको उद्देश्यका विषयमा पष्ट पारेकी थिइन् ।
स्मृति पुस्तिकाले संस्थापक विभागीय प्रमुख स्व. कार्कीलाई जीवन्त राख्ने र ई-बुलेटिनले अध्ययनरत विद्यार्थीहरूको लेखनकलामा वृद्धि पुर्याउने कार्यक्रमका वक्ताहरुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4