+
+

नारायणकाजी समूह माओवादी बैठकमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते २०:१०

१९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रमा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा जाने भएको छ ।

माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ, जहाँ अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्दा नारायणकाजी समूह असन्तुष्ट भएको थियो । यो समूहका सांसदद्वय गिरिराजमणि पोखरेल र अन्जना विशंखेले एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसदमा विरोध जनाएका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह असन्तुष्ट बनेको छ । यो समूहका नेताहरुको छलफलमा पार्टी फुटाउने कि माओवादीमै बसेर संघर्ष गर्ने भन्ने बहस छ ।

नेता गिरिराजमणि पोखरेल भन्छन्, ‘केन्द्रीय समितिको बैठकमा जाने र आफ्ना कुरा राख्ने सल्लाह भएको छ ।’ उनका अनुसार एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफना मत राख्ने यो समूहको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?