
१९ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ दिगम्बरपुर बस्ने १९ वर्षीय विरेन्द्र महतो रहेका छन् ।
उनको साथबाट नक्कली नोट रु १ हजार दरका ३ सय १ थान र सक्कली रुपैयाँ १ हजार ५ सय २५ रुपैयाँसमेत बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी, बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।
सिम्रौनगढ नगरपालिका-६ अम्मरपुरस्थित सीमा क्षेत्रमा नहरतर्फ आउँदै गरेको लु ७८ प ३३९७ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चालक महतोको साथबाट नक्कली नोट फेला परेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट गोलागञ्जले जनाएको छ ।
बरामद गरिएको नक्कली र सक्कली नोट, मोटरसाईकलसहित महतोलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4