+
+

स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ९:५२

२० फागुन, काठमाडौं । युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ ।

युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ ।

स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युएईएफए र स्कटल्याण्डसँग छलफल गरेर यसबारे उचित निर्णय लिने जनाएको छ ।

युक्रेनको अनुरोधको पुष्टि गर्दै, एक प्रवक्ताले थपे, ‘फिफाले युक्रेनमा भइरहेको घटनाबाट प्रभावित सबैलाई आफ्नो ऐक्यबद्धता व्यक्त गर्दछ र समयमै थप अपडेट प्रदान गरिनेछ ।’

यसै हप्ताको सुरुमा स्कटिश एफए अध्यक्ष रोड पेट्रीले आफ्नो युक्रेनी समकक्षीलाई सन्देश लेख्दै  ‘संघर्षको बीचमा फुटबल अप्रासंगिक छ’ भनेका थिए । पेट्रीले ‘समर्थन, मित्रता र एकताको सन्देश पठाउन’ समेत लेखेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?