+
+

प्रहरी हौं भन्दै लुटपाट गर्ने ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १३:०५

२० फागुन, काठमाडौं । हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-५ जुम्लाका देविप्रसाद धिताल, धुनेबेसी-३ धादिङका शंकर रेग्मी, महाकाली-२ डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा-४ कञ्चनपुरका सुवाष रतोकी छन् ।

त्यस्‍तै शुक्लाफाँटा-२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक-८ पाँचथरका भविन्द्र बेगा, नौमुले-५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र र गौमुखी-६ प्युठानका कमल सुनार पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गत फागुन १२ गते साँझ उनीहरूले काठमाडौं महानगरपालिका-१६ स्थित राजेन्द्र साँकीको फार्मेसीमा लुटपाट गरेका थिए । उनीहरूले अबैध औषधि बिक्री गरेको भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर ६५ हजार रूपैयाँ लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट ११ थान मोबाइल, ५ थान एटीएम, दुईथान चेक र एकथान घडी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?