
२० फागुन, काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ ।
पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेश प्रदेशको अध्यक्षमा धनुषाका रामनरेश यादव र गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका राजेन्द्रबहादुर अधिकारीलाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।
बाँकी प्रदेश र जिल्लाहरूमा चाँडै कार्यसमिति चयन गर्ने राप्रपा नेपालले जनाएको छ । साथै विद्यार्थी संगठन, पूर्वप्रहरी परिषद् गरी हालसम्म दुई भ्रातृ संगठन गठन गरिसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4