
२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन् ।
शुक्रबार कास्कीको मादी गाँउपालिकामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले तालमेल गर्ने कि नगर्ने भन्ने विषय स्थानीय कमिटीकै भएको बताएका छन् ।
कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने भन्दै उनले भने, तालमेल गर्ने कि नगर्ने हामी माथिबाट निर्णय गर्दैनौँ तपाईंहरूले निर्णय गर्ने हो । यहाँको टुंगो तपाईंहरू बसेर गर्नुस्, महानगरको टुंगो पनि तपाईंहरूले चाहेको जस्तो गरेर पठाउनुस् ।
यो पटक पोखराको नगरपालिकामा कांग्रेसको उम्मेदवार जित्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4