+

दाङ क्रिकेट लिगमा पनि अक्सन हुने

२०७८ फागुन  २० गते २०:३१ २०७८ फागुन २० गते २०:३१
दाङ क्रिकेट लिगमा पनि अक्सन हुने

२० फागुन, दाङ ।  दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि जिल्लामै ठूलो प्रतियोगिता रुपमा ‘दाङ क्रिकेट लिग–२०७८’ हुने भएको छ ।

शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले पाँचवटा फ्रेन्चाईज क्लबमार्फत अक्सनमा आधारित रही खेलाडी खरिद गरी प्रतियोगिता गर्न लागेको बताएको छ ।

संघका अध्यक्ष प्रदिप मज्गैयाले पाँचवटा टिम रहने प्रतियोगितामा हरेक टिमले १४ जना खेलाडी खरिद गर्ने बताए । उनका अनुसार प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका दुईजना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टिम रहनेछ । जसमा १३ जना अक्सन विधिबाट आउने छन् भने एक जना महत्वपूर्ण खेलाडीको रुपमा महंगो मूल्‍यमा टिम आफै भित्राउन पाउनेछ । सो खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको र जिल्ला बाहिरको हुनुपर्ने प्रावधान राखिएको छ ।

हरेक टिमका खरिद गर्दा न्यूनतम ८४ हजारदेखि अधिकतम १ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकिएको छ ।

दाङ जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष किशोरचन्द्र गौतमले एकजना खेलाडी बराबर न्यूनतम ४ हजार मूल्‍य तोकिएको छ ।

चैत १८ गतेसम्म दाङको घोराही रंगशालामा हुने प्रतियोगिताको राशि नगद २ लाख राखिएको छ । त्यस्तै उपविजेताले टिमलाई १ लाख प्रदान गरिनेछ भने विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतियोगिताले जिल्लाको खेल क्षेत्रको विकास र प्रर्वद्धनमा सहयोग पुग्ने संघको विश्वास छ ।

दाङ दाङ क्रिकेट लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय