+
+

सत्तारुढ दल भित्रभित्रै चुनाव सार्न खोज्दैछन् : नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १४:४३

२१ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।

प्रेस चौतारीको बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएट समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमालेको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको टिप्पणी गरे । उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् ? भनी प्रश्न गरे ।

‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्‍याउन चाहन्न । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ’ उनले भने ।

आफ्नो पार्टीले ठूलो चुनौती मोलेर नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक क्षेत्र समेटेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सय दिनको कार्यक्रमबाटै त्यसलाई गायब बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?